फक्स्टोन । विश्वब्यापी रुपमा मनाइने अर्थ आवरको अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यिक गोष्ठी आयोजना गरेका छन् ।
गोष्ठी यही आउँदो २८ मार्च शनिवारको दिन दिउँसो १ बजे फक्स्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ ।
प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व वन्यजन्तु संरक्षण कोषले विश्वब्यापी अर्थ आवरका रुपमा सन् २००७ देखि मनाउँदै आएको छ ।
युकेमा रहेका नेपालीहरु पनि वातावरण बचाउने कार्यमा सुसूचित र सक्रिय हुनुपर्ने आवश्यकता औल्याउँदै समाजका सचेत वर्ग स्रष्टा सर्जकहरुले वातावरणीय साहित्यिक गोष्ठी गरिएको जनाएका छन् । गोष्ठीमा युकेका नेपाली वातावरणविद् विजय हितानले ‘जलवायु परिवर्तन रोक्न सकिन्छ, यसको मुख्य कारक हामी मानव जाति हौं’ भन्ने विषयमा बोलेपछि वातावरण सम्बन्धी कविता, गीत, गजल, मुक्तक आदि वाचन गर्दै विभिन्न विशिष्ट ब्यक्तित्वहरुबाट वातावरणीय साहित्यको बारे चर्चा गरिने बताइएको छ ।
युकेमा नेपालीहरुले सन् २००९ देखि निरन्तर अर्थ आवर मनाउँदै आएका छन् भने यसवर्ष विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न हुन गइरहेको कुरा महासङ्घ सदस्य रोसन मेवाहाँङले बताए । आमन्त्रित तथा इच्छुक सम्पूर्णलाई उपस्थितिको लागि पनि उनले अनुरोध गरे ।
युकेमा नेपालीहरुको वस्ती नयाँ भएकोले यस्ता महत्वपूर्ण सन्दर्भ र अवसरमा नेपालीहरुको संलग्नता हुनुपर्ने बुद्धिजीबीहरु बताउँछन् ।
स्मरण रहोस, अर्थ आवरको साँझ घर, पसल, रोड, कार्यालय आदिमा बत्ति निभाई वातावरण बचाउने तथा वातावरण बचाउने कार्यमा प्रतिबद्धतास्वरुप बेलुकी ८ः३० देखि ९ः३० बजेसम्म विश्वभर एकैसाथ बत्ति निभाउने प्रचलन छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं