धरान। एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !
इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । भेडेटारबाट धरानतर्फ आइरहेको हुडेप नेपाल लेखिएको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला पर्यो ।” एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले अभियुक्तले अबैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा