नयाँ दिल्ली। भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको पाइएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख २९ हजार ९४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड २९ लाख ९२ हजार पुगेको छ ।
यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप तीन हजार ८७६ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ४९ हजार ९९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा हाल ३७ लाख १५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।
कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् ।
कोरोनाभाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।
मन्त्रालयका अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियान मार्फत् हालसम्म १७ करोड २० लाख व्यक्ति लाभान्वित भएका छन् । गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ ।
यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३० करोड नमुना परीक्षण गरिएको जनाएको छ ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ