पोर्चुगल । गोडिडिजिटल प्रालिद्वारा युरोपेली मुलुक पोल्याण्डबाट सञ्चालित नेपाली अनलाइन मिडिया पिएनटिभी डटकमको प्रथम वार्षिकोत्सव सप्पन्न भएको छ ।
कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले प्रवासमा बसेर आफ्नो कामबाट बचेको समयमा पत्रकारिता गर्नु भनेको निकै चुनौतीपूर्ण हुँदाहुँदै पनि न्यूजपिएनटिभीले एक वर्षको समयमा युरोपेली देशहरूमा रहेका नेपालीमाझ लोकप्रिय बनेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय महासचिव रोशन पुरीले नेपाली पत्रकारले प्रवासमा बसेर नेपाली समुदायको मागअनुरुप अनलाइनले पत्रकारिता गरेको बताउँदै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्ने अभियान पत्रकार महासङ्घ हातेमालो गर्ने जनाउँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घका महासचिव डा हेमराज शर्मा, पत्रकार महासङ्घ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, पत्रकार महासङ्घ युरोप अध्यक्ष प्रेम नेपाली, गैरआवासीय नेपाली सङ्घका मिडिया संयोजक चिरन शर्मा, पत्रकार महासङ्घ युरोप वरिष्ठ उपाध्यक्ष केन्जिन राई, पत्रकार महासङ्घ गण्डकी अध्यक्ष नारायण शर्मा, गैरआवासीय नेपाली सङ्घ पोल्याण्डका अध्यक्ष नरेश सापकोटा, गैरआवासीय नेपाली सङ्घ स्पेनका उपाध्यक्ष उत्तर राई, पत्रकार महासङ्घ युरोपका उपाध्यक्ष रविचन्द्र भट्टराई र राजकुमार थापालगायतले पोल्याण्ड कर्मथलो बनाउँदै आउनुभएका नेपाली पत्रकारले नेपाली समुदायले गरेका सकारात्मक कामको उजागर र नकारात्मक कामको भण्डाफोर गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ