काठमाडौँ । अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ ।
ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ ।
मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने विषयमा आइतबार भएको छलफलले ढुवानी साधनको नम्बर, किसिमसहित संलग्न कामदार तथा कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण खुलाउनुपर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकले दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तु ढुवानीमा प्रयोग गरिने सवारी साधन र कर्मचारीको विवरण प्रमुख जिल्ला अधिकारी र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई जानकारी गराउनुपर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
यस्तैगरी प्रजिअ र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई सम्बोधन गरी पठाइएको पत्रको एकएक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुपर्ने र ढुवानीका सवारी साधनले सबैले देख्ने गरी अगाडि प्रयोजनसहितको सेवा उल्लेख गरिएको तुल राख्नुपर्ने निर्णय भएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार