लण्डन । इंग्लिस प्रिमियर लिगका ६ क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनीहरूले विज्ञप्तिमार्फत आफूहरू सुपर लिगमा सहभागाी नहुने जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड, टोटनह्यामले सुपर लिगबाट हात झिकेका हुन्।
सुरुमा म्यानचेस्टर सिटीले विज्ञप्ति निकालेर आफू युरोपियन सुपर लिगमा सहभागी नहुने बताएको हो। त्यसपछि अन्य क्लबले पनि लिगमा सहभागी नहुने घोषणा गरेका हुन्।
म्यानचेस्टर युनाइटेडले पनि आफ्ना समर्थक, सरकार, अन्य सरोकारवालाको सुझावअनुसार सुपर लिग नखेल्ने निर्णय गरिएको जनाएको छ।
आर्सनलले खुलापत्रमार्फत आफ्ना समर्थकसँग माफीसमेत माग्दै सुपर लिगमा सहभागी नहुने निर्णय गरिएको जानकारी दिएको छ। अन्य क्लबले पनि यस्तै किसिमका धारणा राख्दै लिगमा सहभागी नहुने जनाएका छन्। क्लबका फ्यानहरुले तीब्र आक्रोश पोख्दै बेलायतमा प्रदर्शन समेत गरेका थिए ।
यसैबीच यूईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले सुपर लिग नखेल्ने क्लबहरूको निर्णयको स्वागत गरेका छन्। उनले भनेका छन्, ‘अब हामी मिलेर अघि बढ्छौं।’
गत आइतबार रियल मड्रिड, बार्सिलोना, आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, एसी मिलान, एथ्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्टससहित १२ क्लबको नेतृत्वमा युरोपियन सुपर लिग ईएसएल घोषणा गरिएको थियो।
जुन सामानान्तर प्रतियोगिता भएको भन्दै चौतर्फी विरोध भइरहेको थियो।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ