नयाँ दिल्ली। भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ । उहाँले आफ्नो ट्वीटर पेजमा भन्नुभएको छ, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।”
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्यालीहरुमा सहभागी हुनुभएको थियो । तर उहाँले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी ¥यालीहरूलाई दुई दिन पहिले स्थगित गर्नुभएको थियो ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्यालीहरू स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गर्नुभएको थियो ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ