काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा निर्माण गरेको एकीकृत नमुना वस्ती आगामी विहीबार (बैशाख ९ गते) स्थानीय जनताहरुलाई हस्तान्तरण गर्ने भएको छ । भूकम्प दिवस बैशाख १२ गते नै हस्तान्तरण गर्ने पूर्व योजना रहेको भएपनि तीन दिन अघि सारिएको संघका उपाध्यक्ष एवम् परियोजना संयोजक सोनाम लामाले जानकारी दिए ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राकमा एनआरएनएले ५७३ वटा घर निर्माण गरेको छ । योसँगै स्थानीय तहले थप २९ वटा घर निर्माण गरेको छ ।
एनआरएनकै महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको लाप्राक वस्ती निर्माण पूर्वनिर्धारित समयभन्दा झण्डै दुई वर्ष ढिला गरी निर्माण सम्पन्न भएको हो । खानेपानी, शौचालय र विद्युत सेवासहितको वस्ती निर्माणमा करिव साठी करोड रुपैयाँ लगानी भएको एनआरएनएले जनायो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बिहीबार अपरान्ह लाप्राकमा एक कार्यक्रम आयोजना गरी वस्ती हस्तान्तरण गरिने जानकारी उपाध्यक्ष लामाले दिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहकारसहित सदस्यहरु, प्राधिकरणका अधिकारीहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा