काठमाडौँ । नेकपा (एमाले) मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ । यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो । कार्यालय अहिले सञ्चालन भए पनि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
नयाँ पार्टी मुख्यालयमा अध्यक्ष, महासचिव, सङ्गठन विभाग, प्रचार विभाग र विदेश मामिला प्रमुखसहितका १२ कोठा छन् । नयाँ कार्यालय सर्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले भवनको निरीक्षण गर्नुभएको थियो । विसं २०७२ को भूकम्पले बल्खु, मदन नगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो ।
पार्टीले धुम्रबाराहीमा चक्रपथको सडक विस्तारले आउजाउमा समस्या परेकाले थापाथलीमा कार्यालय सारेको हो । एमालेले मदन नगरमा पार्टीको अत्याधुनिक भवनको शिलान्यास पनि नेकपा स्थापना दिवसमा गर्ने भएको छ । पार्टी अध्यक्ष ओलीले भूकम्पपछि भत्किएको भवन रहेको जग्गामा नै नयाँ बन्ने भवनको शिलान्यास गर्नुहुनेछ ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा