काठमाडौँ।नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ । ‘लेखक÷साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ ।
संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्रा डा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको हो । कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई ‘लेखक/साहित्यकार परिचयपत्र’ दिने पहिलेदेखिकै योजना कार्यान्वयन गर्न यही महिनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण शुरुआत गरिने जानकारी दिनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार परिचयपत्रमा लेखक/साहित्यकारका नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । परिचयपत्र पाउन सम्बन्धित लेखक/साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?