कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल हुनु भएको छ ।
उहाँले प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज विश्वासको मत लिनुभएको हो । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो ।
प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपाएमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उहाँको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिनुभयो ।
कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार