लण्डन । बेलायतमा आजबाट कोरोना भाइरसविरुद्धको तेस्रो खोप लगाउन शुरु गरिएको छ ।
मोडर्नाले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप आज वेल्सको कामर्थानस्थित वेष्ट वेल्स जनरल अस्पतालबाट लगाउन शुरु गरिएको हो । साथै सो खोपको करिब ५ हजार डोज विभिन्न खोप केन्द्रहरुमा वितरण गरिएको बताइएको छ ।
बेलायतमा यसअघि फाइजर-बायोएनटेक तथा अक्सफोर्ड आष्ट्राजेनिका गरी दुई किसिमका कोरोना भाइरसविरुद्धका खोपहरु मात्र लगाइँदै आएको थियो ।
बेलायतले सो खोपको १ करोड ७० लाख मात्रा अर्डर गरेको छ । यो खोप पनि हरेकलाई दुई डोज दिइनुपर्ने भएकाले सो अर्डरबाट करिब ८५ लाख मानिसलाई पुग्ने हुन्छ ।
सो खोपको परीक्षणमा सो खोप मानिसहरुलाई कोरोना भाइरसका कारण गम्भीर बिरामी पर्नबाट रोक्न शतप्रतिशत प्रभावकारी हुने देखिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद