लण्डन । बेलायतमा आजबाट कोरोना भाइरसविरुद्धको तेस्रो खोप लगाउन शुरु गरिएको छ ।
मोडर्नाले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप आज वेल्सको कामर्थानस्थित वेष्ट वेल्स जनरल अस्पतालबाट लगाउन शुरु गरिएको हो । साथै सो खोपको करिब ५ हजार डोज विभिन्न खोप केन्द्रहरुमा वितरण गरिएको बताइएको छ ।
बेलायतमा यसअघि फाइजर-बायोएनटेक तथा अक्सफोर्ड आष्ट्राजेनिका गरी दुई किसिमका कोरोना भाइरसविरुद्धका खोपहरु मात्र लगाइँदै आएको थियो ।
बेलायतले सो खोपको १ करोड ७० लाख मात्रा अर्डर गरेको छ । यो खोप पनि हरेकलाई दुई डोज दिइनुपर्ने भएकाले सो अर्डरबाट करिब ८५ लाख मानिसलाई पुग्ने हुन्छ ।
सो खोपको परीक्षणमा सो खोप मानिसहरुलाई कोरोना भाइरसका कारण गम्भीर बिरामी पर्नबाट रोक्न शतप्रतिशत प्रभावकारी हुने देखिएको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान