वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गर्नुभएको छ ।
उहाँले मंगलबार सो कुराको घोषणा गर्नुभएको हो । उहाँले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि यो नयाँ घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।
यसअघि उहाँले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गर्नुभएको थियो । तर पनि यहाँ जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ । यसरी माग बढेपछि उहाँले सो कुराको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।
उहाँका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ । तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।
राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ– हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ ।
उहाँले अमेरिकामा पछिल्लो समयमा पनि कोभिडका संक्रमितहरु बढिरहेकोले अबका दिनमा यहाँ अझै समस्याको सामना गर्नुपर्ने अवस्था रहेको र अहिले नै कोभिडका विरुद्धमा विजय हासिल गर्ने अवस्था नरहेको भए पनि केही समयभित्रै सबै अमेरिकीलाई खोप भने दिइसक्ने जानकारी दिनुभयो ।
अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्दछ । यहाँ अहिलेसम्म तीन करोड १५ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने यहाँका ५ लाख ७० हजार भन्दा बढी मानिसको कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने