नयाँदिल्ली।भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
बुधबार कोरोनाबाट ४५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६२ हजार ९२७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ । गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १०० भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुका सब भन्दा कम थियो ।
हालका केही दिनयता भारतमा कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड २२ लाख २१ हजार भन्दा बढी पुगेको छ ।
कूल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण