लन्डन । दुई युद्धबन्दीलाई यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको सुनुवाइ स्थगित भएको छ ।
अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि १२ सदस्यीय जुरीले मंगलबार अगष्ट दोश्रो सातासम्मका लागि सुनुवाइ स्थगित गरेको श्रोतले जनाएको छ ।
‘इष्टर अनि समर विदा पनि नजिक आएकाले त्यो सकिएपछि पुनः सुनुवाइ शुरु हुने अपेक्षा छ’, श्रोतले भन्यो । आगामी १० अप्रिलमा वादी प्रतिवादी अनि न्यायधिशहरुको छलफलले सुनुवाइको नयां मिति तोक्ने र जुरी समेत नयां गठन गर्ने अपेक्षा छ ।
सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा लामाको मुद्दामाथि तीनसातायता सुनुवाइ जारी थियो । तर, लामालाई निर्दोष वा दोषी छिनोफानो गर्ने ठानिएको यस सुनुवाइमा ढिलाइ भइरहेको छ । हालसम्म अभियोजनतर्फबाट एकजना वकिलले मात्र वयान दिएकी बताइएको छ ।
लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८ (१३४) अन्तर्गत मुद्दा छ । दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका लामा विदामा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, ३ जनवरीमा एक्कासी समातिएका थिए । चेम्स्फोर्ड क्राउन कोर्ट इसेक्स्को आदेश अनुसार पक्राउ परेको करिब अढाइ महिनापछि सन् २०१३, १५ मार्चमा जमानतमा रिहा भएका लामा त्यस यता इलेक्ट्रोनिक ट्यागिङको निगरानीमा छन् ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न