रियो डे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा यहाँका ९० हजार ३०३ जना संक्रमित भएका बताइएको छ ।
ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको पनि बताइएको छ । त्यसैगरी सोही अवधिमा कम्तीमा २ हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको थियो । पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको पनि समाचारमा जनाइएको छ ।
ब्राजिल विश्वमा कोभिड १९ को संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ।
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा