काठमाडौं। नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्का बेलायती क्लबको तर्फबाट खेल्न मंगलाबार दुबई प्रस्थान गरेका छन्। इमिरेट्स एयरलाइन्स टि ट्वान्टी ट्रफीका लागि शुक्रबार हुने खेलमा खड्काले मार्लेवोन क्रिकेट क्लब (एमसिसी) को तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।
लन्डनको सो क्लबले शुक्रबार बेलायती सर्रे काउन्टी क्रिकेट क्लबसँग सेमिफाइनल खेल्ने छ। अर्को सेमिफाइनल खेलमा योर्कसायर काउन्टी क्रिकेट क्लब र लान्कसायर काउन्टी क्रिकेट क्लबबीच खेल हुनेछ। सेमिफाइनलका विजेताले शुक्रबार नै फाइनल खेल्नेछन्। स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै खड्काले एमसिसीसँग प्रतिस्पर्धा गर्न पाउनु उनीसाथै नेपाली क्रिकेट खेलाडीका लागि ठूलो अवसर भएको बताए। ‘यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर जाँदेछु। भविष्यमा अन्य नेपाली खेलाडीका लागि पनि यो प्लेटफर्म उपलब्ध हुनसक्छ’ खड्काले भने। उनले विश्व प्रसिद्ध खेलाडीसँग खेल्न पाउनु राम्रो अनुभव हुने बताए ।
बेलायतका टेस्ट खेलाडी निक कोम्पटोनको नेतृत्वमा एससिसीको टोली हुनेछन। सो टोलीमा बेलायतका पूर्व कप्तान एलिस्टर कुक, माइकल कारबेरीको साथै जेम्स हिल्ब्रेथ, जाफर अन्सारी, ड्यार्ली मिचलेट, साम बिलिङ्स, म्याथु डुन, क्रिस रुसवर्थ, ग्राहम ओनिअन, एडम रेली हुने छन्। भारतीय क्रिकेटर युवराज सिंह पनि सो टोलीमा संलग्न छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते