रेडिङ । ग्रेटर रेडिङ नेपाली समाजको छैठौं अधिवेशनले १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । रेडिङ्को सिमेन्ट्री जक्सनस्थित कम्यूनिटी हलमा सम्पन्न अधिवेशनले मानबहादुर गुरुङ्को अध्यक्षतामा उपाध्यक्षद्धय उषा गुरुङ र दाव साङ्गे शेर्पा, महासचिव नवराज न्यौपाने, सचिव योगराज लिम्बु, कोषाध्यक्ष दिपक गुरुङ र सदस्यहरुमा टेकबहादुर गुरुङ, श्रीमती सुसिला गुरुङ, इमान सिंह राई, दहन लामा, लखमान लामा, हुप थापा, यूवराज गुरुङ, हिरा पुन, विषन गुरुङ चयन गरेको छ । नवनिर्वाचित सदस्यहरुलाई निर्वाचन आयोगका अध्यक्ष डा. कृष्ण रेग्मीले पद तथा गोपनियताको शपथ ख्वाएका थिए ।
निर्वाचन आयोगका अध्यक्ष डा. कृष्ण रेग्मी र सदस्यहरु ढक गुरुङ्ग, अर्जुन बस्नेत, विश्व आदर्श पण्डित र कुमार केसी रहेको निर्वाचन आयोगले १३ मार्च सम्म कार्य समितिको विभिन्न पदमा दरखास्त दिन आव्हान गरे अनुसार जम्मा १५ पदमा दरखास्त परेको थियो ।
दुई चरणमा भएको कार्यक्रमको खुल्ला सत्र समाजका अध्यक्ष कृति विलास पन्तको अध्यक्षतामा सञ्चालन भएको थियो । मन्तव्यका क्रममा पन्तले समाजले गर्न सके जति र समाजलाई दिन सके जति कार्य आफ्नो नेतृत्वमा भएको बताउंदै सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा समाजका उपाध्यक्ष डा. नबीन आचार्यले धन्यवाद दिए । विभिन्न संगठनको तर्फबाट पास पुचका भूतपूर्व अध्यक्षले सम्मेलन सफलताको शुभकामना मन्तब्य दिए । शुभकामना मन्तब्यकै क्रममा बोर्ड अफ ट्रष्टीको तर्फबाट ट्रष्टी तथा समाजका सल्लाहकार ढकबहादुर गुरुङले समाजमा रेडिङमा रहेका विभिन्न संगठनका अध्यक्षहरु पदेन सदस्य हुनु पर्ने प्रस्ताव राखेका थिए । यसो गरे मात्र भावनात्मक रुपले यो समाज रेडिङ्गका सम्पूर्ण संस्थाको साझा समाज हुनेमा उनको जोड थियो । सोही कार्यक्रममा संस्थापक अध्यक्ष डा. चन्द्र बहादुर गुरुङ्गले समाज गठन देखि हालसम्मका उतारचढाव र प्रगतिबारे बताए ।
पहिलो सत्रको कार्यक्रममा संयोजक तथा समाजका उपाध्यक्ष भिमसेन खड्काले कार्यक्रम ब्यवस्थापनमा भएका कार्य बिवरणको विषयमा स्पष्ट पारेका थिए । समाजका महासचिव यादव श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा आफू समाज विरोधी भनेर प्रचार भएकोमा दुःख लागेको बताउंदै त्यो भ्रम यहीं अन्त होस् भन्ने कामना गरे । दोश्रो सत्रमा महासचिव श्रेष्ठले समाजको कार्य प्रगतिको प्रतिवेदन र कोषाध्यक्ष मदन उप्रेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष उप्रेतीले बेलायत सरकारले उपलब्ध गराउने रकम लगभग चौध हजार पाउण्ड फ्रिज भएकोले आगामी कार्यकालमा यो रकमको सदुपयोग होस भन्नेमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष मानबहादुर गुरुङ्ले समाज अगाडि बढाउन आफूले दस बुदें कार्य योजना सार्वजनिक गरिसकेको र त्यहि रोडम्याप अनुसार अगाडी बढाउने प्रतिवद्धता जाहेर गरे । अधिवेशनकै दिन नयां कार्य समितिको बैठक बसी अध्यक्षको प्रतिवद्धता पत्र लागू गर्ने र नयां वर्ष मनाउने एजेण्डामा छलफल गरेको थियो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?