लन्डन । ६ वर्षीया बालिका पूजा शाहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घट्नाले बेलायतस्थित नेपाली महिला संगठनहरु स्तव्ध भएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै घट्नाको कडा शव्दमा भर्त्सना समेत गरेका छन् ।
ति संगठनले घट्नालाई अत्यन्त निन्दनीय, संवेदनाहीन र अमानवीय बताउंदै दोषीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकारसंग माग गरेका छन् । साथै पीडित परिवारलाई न्यायोचित अधिकतम रकम क्षतिपूर्ति उपलव्ध गराउन पनि उनीहरुको जोडदार माग छ ।
नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपलिज नर्सिङ एसोसिएसन यूके, किरांत याक्थुङ चुम्लुङ महिला समिति यूके, नेपाली महिला समिति यूके, नेपलिज वुमन एसोसिएसन यूके, मगर महिला संघ यूके र तमुधिं आमा समूह यूकेले यस किसिमको अक्षम्य एवं निकृष्ट शैलीको महिला हिंसा अन्त्य गर्न सरकारसंग माग समेत गरेका छन् ।
बलात्कारपछि कान्तिवाल हस्पिटल भर्ना गरिएकी ति बालिकाको उपचारका क्रममा १६ दिनपछि निधन भएको थियो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?