बेइजिङ । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्तिस्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।
पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगत्तै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका छन् ।
यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पारपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् ।
पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताउनु भएको थियो । उहाँका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नसघाएको वाङको दाबी छ ।
अदालतको आदेशमा भनिएको छ, वाङले घरयासी काम र बालबच्चा हुर्काउने काम पनि गरेको थप क्षतिपूर्ति माग्नु भएको छ ।
अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब आठ हजार डलर तिनुपर्ने आदेश दिएको छ ।
स्थानीय संचार माध्यमले वाङले अदालतको आदेश विरुद्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कार्यको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचारविमर्श भएको छ ।
चीनको ट्वीटर जस्तै मानिने सामाजिक सञ्जाल वाइबोमा बुधबारसम्म ५७ करोडभन्दा बढीले वाङ र चेनको मुद्दामाथि बहस गरेको पाइएको छ ।
टिप्पणी गर्नेहरुले महिलामाथि शोषण भइरहेको भन्दै आक्रोश पोखेका थिए ।
आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) को अनुमान अनुसार चिनियाँ महिलाले घरमा दैनिक करिब चार घण्टा बेतलबी कार्य गर्दछन् । यो पुरुषको भन्दा झण्डै अढाई गुणा बढी हो भने औषत भन्दा बढी हो ।
चीनमा पारपाचुके सम्बन्धी कानुनलाई उदार बनाइएपछि र महिलाहरु आर्थिक रुपमा बढी स्वतन्त्र हुन थालेपछि विगत दुई दशकमा पारपाचुके गर्नेक्रम निकै बढेको छ । तर बेइजिङका लागि यो टाउको दुखाईको विषय बन्दै गएको छ किनभने चीनमा वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ