काठमाडौँ। कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज छैटौँ दिन एक लाख १३ हजार १७५ व्यक्तिले लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा छ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनालाई खोप दिइएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि १९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । पहिलो चरणको खोप लगाउन अब चार दिन मात्र बाँकी भएकोले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?