लण्डन । गोरखाहरुले ब्रिटिश सेनामा सेवा गर्न थालेको दुईसय वर्ष पुगेको अवसरमा गोरखाहरुले २०२ माइल लामो क्रस कन्ट्री साइकल यात्रा पूरा गरेका छन् ।
आठ जनाको समूहमा रहेका गोरखाहरुले युकेको हिउंद, ठण्डी र हिउँको परवाह नगरी सो यात्रा पूरा गरेका हुन् । कतिपय ठाउँमा साइकल बोक्दै उनीहरु इंग्ल्याण्डको सबैभन्दा अग्लो स्थानमा रहेको टान हिल इन पव, नर्थ योर्कसियरमा पुगी सो यात्रा पूरा गरेको स्थानीय पत्रिका नर्देन इकोले जनाएको छ ।
यात्रामा सहभागी लान्स कर्पोरल रासन गुरुङले भने, ”यो माउटेन बाइक यात्रा मैले आजसम्म गरेका कार्यहरुमै सबैभन्दा कठिन थियो । हिउँ र ठण्डीले झन् साइकल चलाउन गाह्रो बनायो । ”
पोखरा नेपाल घर भएका ३१ वर्षिय गुरुङले भने ”नेपालभन्दा युके धेरै जाडो छ तर हामीले जसजसलाई भेट्यौँ उहाँहरु धेरै सहयोगी र हाम्रो सँस्कृति र नर्थ योर्कसियरको बाक्लो हिउँमा हाम्रो साइकलयात्राप्रति जागरुक पायौँ ।”
‘यात्रा अन्त्य हुने टान हिलमा जाने बाटो हिउँले पुरिएको थियो । जसका कारण हामीले साइकल बोकेर हिँड्नु पर्यो’ उनले थपे । तथापि टान हिल, लायन इनमा पाएको न्यानो स्वागत, तातो पेय पदार्थ र आगो तपाईले ती दुःख बिर्सेको उनले बताए ।
यात्रा गर्दा नेपालको पहाडहरुमा गए जस्तै लागेको उनीहरुको अनुभव छ ।
समूहले छ दिन लगाएर सो यात्रा पूरा गरेको थियो ।
गोरखाहरुले सेवा गरेको दुई शताब्दी पूरा भएको अवसरमा सगरमाथा आरोहण लगायतका कार्यक्रम आयोजना हुदैछ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा