लण्डन । गोरखाहरुले ब्रिटिश सेनामा सेवा गर्न थालेको दुईसय वर्ष पुगेको अवसरमा गोरखाहरुले २०२ माइल लामो क्रस कन्ट्री साइकल यात्रा पूरा गरेका छन् ।
आठ जनाको समूहमा रहेका गोरखाहरुले युकेको हिउंद, ठण्डी र हिउँको परवाह नगरी सो यात्रा पूरा गरेका हुन् । कतिपय ठाउँमा साइकल बोक्दै उनीहरु इंग्ल्याण्डको सबैभन्दा अग्लो स्थानमा रहेको टान हिल इन पव, नर्थ योर्कसियरमा पुगी सो यात्रा पूरा गरेको स्थानीय पत्रिका नर्देन इकोले जनाएको छ ।
यात्रामा सहभागी लान्स कर्पोरल रासन गुरुङले भने, ”यो माउटेन बाइक यात्रा मैले आजसम्म गरेका कार्यहरुमै सबैभन्दा कठिन थियो । हिउँ र ठण्डीले झन् साइकल चलाउन गाह्रो बनायो । ”
पोखरा नेपाल घर भएका ३१ वर्षिय गुरुङले भने ”नेपालभन्दा युके धेरै जाडो छ तर हामीले जसजसलाई भेट्यौँ उहाँहरु धेरै सहयोगी र हाम्रो सँस्कृति र नर्थ योर्कसियरको बाक्लो हिउँमा हाम्रो साइकलयात्राप्रति जागरुक पायौँ ।”
‘यात्रा अन्त्य हुने टान हिलमा जाने बाटो हिउँले पुरिएको थियो । जसका कारण हामीले साइकल बोकेर हिँड्नु पर्यो’ उनले थपे । तथापि टान हिल, लायन इनमा पाएको न्यानो स्वागत, तातो पेय पदार्थ र आगो तपाईले ती दुःख बिर्सेको उनले बताए ।
यात्रा गर्दा नेपालको पहाडहरुमा गए जस्तै लागेको उनीहरुको अनुभव छ ।
समूहले छ दिन लगाएर सो यात्रा पूरा गरेको थियो ।
गोरखाहरुले सेवा गरेको दुई शताब्दी पूरा भएको अवसरमा सगरमाथा आरोहण लगायतका कार्यक्रम आयोजना हुदैछ ।
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार