दमौली । वरिष्ठ लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’ गीत सार्वजनिक भएको छ । प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।
उक्त म्युजिक भिडियोमा स्वयं महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ । नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको छ भने बाँकी छायाङ्कन बाल्टिमोरमा गरिएको छ ।
मेरिल्याण्ड राज्यका महावाणिज्यदूतसमेत रहनुभएका महतले पछिल्लो समय निकै चर्चामा रहेको मानुङकोटको थप प्रचारप्रसारका लागि आफूले गीत रचना गरेको जानकारी दिनुभयो ।
गीतमा भनिएको छ :
हिउँको नदी मस तिरैमा
लालीगुराँस लाइदिउँला शिरैमा
घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा
तिम्रो माया छ कलेजोमाथि मुटुको माझैमा
उर्लिआयो मादी र सेती
झन् झन् गहिरो बनायो पिरती
घर छ मेरो दमौली माथि मानुङडाँडैमा
तिम्रो माया छ कलेजोमाथि मुटुको माँझैमा
गायक महतको गीतले मानुङको प्रचारप्रसारका लागि थप टेवा पुग्ने व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । “वरिष्ठ गायकले मानुङको प्रचारप्रसारका लागि गीत निकाल्नुभएको छ, यसले मानुङको प्रवर्धनका लागि थप योगदान पुग्छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय मानुङमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल छ । मानुङकोटबाट देखिने सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि देशका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । मानुङकोटबाट पाँच हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे , अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै