लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले जुम्लामा निर्माणाधिन प्रसुति गृहको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ ।
सोमबार लन्डन, भेन्यू फाइभ रेष्टुरेन्टमा आयोजित एक च्यारिटी कार्यक्रमबाट संस्थाले एकहजार ८ सय ५० पाउण्ड संकलन गरेको हो ।
महेन्द्र कंडेलले गत २१ फेब्रुअरीमा विशेष साधारणसभा मार्फत अध्यक्षको जिम्मेवारी सम्हालेपछि संस्थाको यो पहिलो सार्वजनिक कार्यक्रम हो ।
महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथी मदन पुरस्कार विजेता एकजना सामाजिक अभियन्ता राधा पौडेल, एनआरएनए आइसीसी सल्लाहकार एवं यूके संरक्षक मेजर रि. डमर घले, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, नेपाली जनसम्पर्क समिति बेलायतका युवराज गुरुङ, प्रगतिशील नेपाली समाज बेलायतका अध्यक्ष रणबहादुर केसी, नेपाली जनएकता समाज यूके अध्यक्ष पूर्ण लक्सम, नेपलिज नर्सिङ एसोसिएसन, बेलायतकी अध्यक्ष सुशीला कार्की, एनआरएनए यूके आइसीसी सदस्य थर्क सेन, समाजसेवी महिला सुष्मा राई, डा. पुरुषोत्तम पौडेल लगायतले मन्तव्य दिए । वक्ताहरुले विगतमा संस्थामा जे जस्ता तिक्तता भएपनि अब सामाजिक काममा सक्रिय भएर लाग्न सुझाएका थिए ।
कार्यक्रममा एनआरएनए यूके संरक्षकहरु सूर्य गुरुङ, कुल आचार्य, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिंह गुरुङ, समाजसेवी ध्रुव केसी लगायत करिब ८० जनाको सहभागिता थियो । अध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा भएको उक्त च्यारिटीमा मिन रानाभाटले धन्यवाद दिएका थिए । उक्त कार्यक्रम संयोजन उपाध्यक्ष हिराधन राईले गरेका थिए ।
यसपटक एनआरएनएको कार्यक्रम अलिक फरक रहेको सहभागीले बताए । एक सहभागी भन्दै थिए, ‘स्टेजमा अतिथीहरु राखिएन, लामो भाषण पनि भएन र खादा दुई जनाले मात्र लगाएको देखियो ।’
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त