बर्लिन । युरोपेली संघ (ईयू) ले बेलायतको संघबाट बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौता गर्न चाहेको जर्मन सरकारले शुक्रबार बताएको छ ।
जर्मन सरकारले सम्झौता गर्नुको विकल्प ईयूले नसोचेको तर यसका लागि आफ्नो सिद्धान्त र नीतिको विपरित हुनेगरी कुनै थप मूल्य चुकाउन भने नसक्ने जर्मनीका अधिकारीले बताएका हुन् ।
“हामीलाई थाहा छ समय सकिएको छ,” जर्मन चान्सलर एन्जेला मार्केलका प्रवक्ता स्टेफेन सिबर्टले भन्नुभयो । “ईयूले संयुक्त अधिराज्य (बेलायत)सँग सम्झौता गर्न तयार छ तर यसका लागि कुनै अतिरिक्त मूल्य चुकाउन नचाहनु स्वभाविक हो ।”
उहाँले बर्लिनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “सबैका आ–आफ्ना सिद्धान्तहरू हुन्छन् । सम्झौताका लागि निश्चित सीमा छन् र यसलाई काट्नु भनेको संघको गठन र हित विपरीत हुन जान्छ ।
सम्झौताका लागि ईयूले प्रस्तुत गर्दै आएका आधारभन्दा थप लचकता अपनाउन असम्भव रहेको उहाँले थप्नुभयो ।
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन