लण्डन । कोरोना भाइरसविरुद्ध विकसित गरिएको खोप पहिलो पटक आममानिसमा आउँदो मंगलबार बेलायतमा दिइँदै छ ।
ओैषधि निर्माता फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको सो खोपको डोज बिहीबार साँझ बेल्जियमबाट स्थलमार्ग हुँदै बेलायत आइसकेको छ भने बेलायत सरकारले सो खोप दिनका लागि ५० वटा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ट्रष्टलाई जिम्मेवारी दिएको छ ।
यतिबेला सर्वसाधारणको मनमा जिज्ञासा हुनसक्छ खोप लगाउने मानिसहरु कसरी छनौट गरिन्छ ?
एनएचएस प्रोभाइडर्सका प्रमुख कार्यकारी अधिकृत क्रिस होपसनका अनुसार ५० वटा एनएचएस ट्रष्टहरुले अहिले पहिलो चरणमा आफ्नो क्षेत्रका केयर होम र स्थानीय निकायसित केयर होमका बासिन्दा र उनीहरुका रेखदेखकर्ताहरुलाई खोप लगाउन आउन समन्वय गरिरहेका छन् । त्यसपछि अस्पतालहरुले ८० वर्षमाथिका मानिसहरुको पहिचान गर्नेछन् र उनीहरुलाई खोप लगाउनका लागि बोलाउने छन् । यसरी खोप लगाउनेहरुमा अधिकांश अस्पतालका बहिरंग र अन्तरंग सेवा लिइरहेका बिरामीहरु हुनेछन् ।
खोपलाई माइनस ७५ डिग्रीमा भण्डारण गर्न पर्ने भए पनि सो तापक्रमबाट निकालेको ६ घन्टासम्म पनि खोपमा कुनै असर नपर्ने भएकाले केयर होममै लगेर खोप लगाउन सकिने पनि मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए)ले जनाएको छ ।
अस्पतालहरुले पहिलो डोज खोप लिएकाहरुलाई तीन सातापछि अर्को डोज लिन आउन भन्नेछन् ।
यसअघि संयुक्त खोप तथा प्रतिरक्षा समितिले कसले पहिले खोप पाउने भन्ने बारेमा प्राथमिकताको सूची बनाएको छ । जसअनुसार शुरुमा केयर होमका बसिरहेका वृद्धावस्थाका मानिस र उनीहरुका रेखदेखकर्ताले पाउने छन् । त्यसपछिको प्राथमिकता ८० वर्ष वा सो भन्दा माथिको उमेर माथिका सबै मानिसहरु तथा स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा कार्यरत मानिसहरुलाई दिइएको छ ।
त्यसपछि ७५ वर्ष वा सो भन्दा माथिका उमेरका मानिसहरुलाई खोप दिइनेछ । उनीहरुपछि ७० वर्ष उमेर पुगेका वा सोभन्दा माथिका र अति गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई खोप दिइनेछ । त्यसपछिको पालो ६५ वर्ष वा सोभन्दा माथिकाहरुलाई दिइनेछ । उनीहरुपछि १६ देखि ६४ वर्ष उमेर समूहका तर स्वास्थ्य समस्या भएकाहरुलाई खोप दिइनेछ । त्यसपछि ६० वर्ष वा सोभन्दा माथिकालाई र त्यसपछि ५५ वर्ष वा सोभन्दा माथिकालाई खोप दिइने छ ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा