काठमाडौँ । विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उहाँ पहिलो ‘बक्सर’ हुनुहुन्छ ।
उहाँ हिमालयन चितुवा नामले बक्सिङ खेलमा विश्वचर्चित हुनुहुन्छ । यही मङ्सिर २८ गते जापानको टोकियोमा सो प्रतियोगिता आयोजना हुँदैछ । युवा समाजसेवी एवं व्यवसायी रामनारायण घिमिरेका अनुसार २१ वर्षीय हिमालयन चितुवा बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा भिड्नुहुनेछ । फिलिप पनि अन्तरराष्ट्रिय बक्सर खेलाडी हुनुहुन्छ । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवनारायण घिमिरेका सुपुत्र अविरल अहिले आफ्ना बुबाकै विशेष प्रशिक्षणमा हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आउनुभएको छ ।
‘के वन किक बक्सिङ प्रतियोगिता’ लाई जापानसहित अन्तरराष्ट्रिय बक्सिङ खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्छ । सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिनुभएको थियो । उहाँ अन्तरराष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षक हुनुहुन्छ ।
समाजसेवी रामनारायणका अनुसार अविरलले हालसम्म ४७ व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेको र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठमा प्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल हुुनुभएको बताउनभुयो । अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको छ । “अविरलसँग साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि उहाँलाई सरकार, खेलप्रेमी नेपालीको थप हौसला दिन आग्रह गर्छु”, सामाजीक सञ्जालमा देवनारायणले लेख्नुभएको छ ।
यसैगरी गैरआवासीय नेपाली सङ्घ जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा छनोट हुनु नेपालका लागि प्रतिष्ठाको विषय रहेको बताउनभुयो ।
बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुम्नुभएको थियो । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि जित्नुभएको थियो ।
यसैगरी उहाँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो ।
सामाजिक सञ्चालमा बक्सर अविरलले भन्नुभएको छ, “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वमा थप परिचित गराउन चाहन्छु । मलाई थप ऊर्जा र हौसला दिनुहोस्, म प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु ।”
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी