लण्डन । बेलायतका प्रधानमन्त्री बोरिश जोन्सनले गृहमन्त्री प्रीति पटेलले राम्रो काम गरेको भन्दै बचाउ गरेका छन । एउटा स्वतन्त्र छानविन आयोगले बेलायत सरकारकी गृहमन्त्री प्रीति पटेलले आफू मातहतका कर्मचारीहरुलाई गरेको ‘अपमानजनक’ प्रतिवेदन सरकारलाई बुझाएपछि प्रधानमन्त्री जोन्सन गृहमन्त्री पटेलको बचाउ गरेका हुन ।
मन्त्री पटेलमाथि लागेको आरोपबारे छानबिन गरी प्रधानमन्त्री बोरिस जोन्सनलाई बुझाइएको एक प्रतिवेदनले ‘व्रोक द मिनिस्ट्रयल कोड’ ठहर गरेपछि बेलायत प्रतिपक्ष दल लेबर पार्टीले राजीनामा दिनु पर्ने वा उनलाई मन्त्री पदबाटै हटाउनुपर्ने माग गरेको छ ।
प्रधानमन्त्रीले प्रतिवेदनलाई हल्का ढंगले लिदै राजनीतिक अभिव्यक्ति दिएको भन्दै उनकै पार्टी कन्जरभेटिभका नेताहरुले पनि बिरोध गरेका छन ।
गृहमन्त्रालयको मातहतका होम अफिस, वर्क एण्ड पेन्सन र इन्टरनेसनल डेभलपमेन्टसहितका तीन विभागका कर्मचारीप्रति मन्त्री पटेलले कर्मचारी माथि गरेको व्यवहारको छानबिन गरिएको थियो ।
कर्मचारीलाई ‘बुली’ गरेको, अनावश्यक रुपमा डर देखाएको, गालीगलौज र अपशब्द समेत बोलेको भनी गृहमन्त्रीमाथि लगाइएको आरोप छानबिनले पुष्टि गरेको छ । मन्त्री पटेलको व्यवहारकै कारण गत मार्च महिनामा होम अफिसका प्रमुख अधिकृत सर डेभिड नर्मिङटनले राजीनामा गरेपछि उनको व्यवहारहरुबारे थुप्रै प्रश्नहरु उठ्न थालेका थिए ।
यसैवीच, छानबिनबाट गृहमन्त्रीको व्यवहारमा कमजोरी भएको पुष्टि भएपछि पटेलले बिबिसीमा अन्तरवार्ता दिदै माफी मागेकी थिइन । उनले कर्मचारीलाई अपमान गर्ने आफ्नो कुनै नियत नरहेको दावी गर्दै अन्जानमा त्यस्तो पर्न गएकोमा आफू क्षमाप्रार्थी रहेको बताएकी छन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा