लण्डन । बेलायतका प्रधानमन्त्री बोरिश जोन्सनले गृहमन्त्री प्रीति पटेलले राम्रो काम गरेको भन्दै बचाउ गरेका छन । एउटा स्वतन्त्र छानविन आयोगले बेलायत सरकारकी गृहमन्त्री प्रीति पटेलले आफू मातहतका कर्मचारीहरुलाई गरेको ‘अपमानजनक’ प्रतिवेदन सरकारलाई बुझाएपछि प्रधानमन्त्री जोन्सन गृहमन्त्री पटेलको बचाउ गरेका हुन ।
मन्त्री पटेलमाथि लागेको आरोपबारे छानबिन गरी प्रधानमन्त्री बोरिस जोन्सनलाई बुझाइएको एक प्रतिवेदनले ‘व्रोक द मिनिस्ट्रयल कोड’ ठहर गरेपछि बेलायत प्रतिपक्ष दल लेबर पार्टीले राजीनामा दिनु पर्ने वा उनलाई मन्त्री पदबाटै हटाउनुपर्ने माग गरेको छ ।
प्रधानमन्त्रीले प्रतिवेदनलाई हल्का ढंगले लिदै राजनीतिक अभिव्यक्ति दिएको भन्दै उनकै पार्टी कन्जरभेटिभका नेताहरुले पनि बिरोध गरेका छन ।
गृहमन्त्रालयको मातहतका होम अफिस, वर्क एण्ड पेन्सन र इन्टरनेसनल डेभलपमेन्टसहितका तीन विभागका कर्मचारीप्रति मन्त्री पटेलले कर्मचारी माथि गरेको व्यवहारको छानबिन गरिएको थियो ।
कर्मचारीलाई ‘बुली’ गरेको, अनावश्यक रुपमा डर देखाएको, गालीगलौज र अपशब्द समेत बोलेको भनी गृहमन्त्रीमाथि लगाइएको आरोप छानबिनले पुष्टि गरेको छ । मन्त्री पटेलको व्यवहारकै कारण गत मार्च महिनामा होम अफिसका प्रमुख अधिकृत सर डेभिड नर्मिङटनले राजीनामा गरेपछि उनको व्यवहारहरुबारे थुप्रै प्रश्नहरु उठ्न थालेका थिए ।
यसैवीच, छानबिनबाट गृहमन्त्रीको व्यवहारमा कमजोरी भएको पुष्टि भएपछि पटेलले बिबिसीमा अन्तरवार्ता दिदै माफी मागेकी थिइन । उनले कर्मचारीलाई अपमान गर्ने आफ्नो कुनै नियत नरहेको दावी गर्दै अन्जानमा त्यस्तो पर्न गएकोमा आफू क्षमाप्रार्थी रहेको बताएकी छन् ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा