
रेडिंग । साहित्य संगम यूकेले १५ नोभेम्बर आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती तथा शुभ दिपावली २०७७ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साहित्य रचना वाचन गरेको छ । अनलाइन ‘जुम’ मार्फत आयोजित सो कार्यक्रममा देवकोटाको साहित्यिक योगदानलाई स्मरण गर्दै साहित्यिक रचना वाचन गरिएको हो । साहित्य संगमका कुमार केसीको संयोजन गरेको उक्त कार्यक्रममा संगमका संस्थापक साहित्यकार बिनोद अधिकारीले स्वागत गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारीका संस्थापक बासु शर्माले साहित्य संगम यूकेले बेलायतमा नेपाली भाषा साहित्य र संस्कृतिको विकास एवं बिस्तार गर्न उल्लेखनीय सेवा गरिरहेकले प्रसंसा गरे ।
कार्यक्रममा केसी, प्रतिमा केसी, बिनोद अधिकारी, ओमकार अधिकारी, रमेश कायस्थ, महेश आचार्य, डिल्ली घिमिरे, आनन्द भण्डारी, ओमकार अधिकारी, त्रिलोचन गौतम, निर्मला न्यौपाने, कृष्ण न्यौपाने, बासु शर्मा, लक्ष्मी पौड्याल, डा. कृष्ण रेग्मी, कृष्ण आचार्य र राम प्रसाद घिमिरेले आ(आफ्नो गीत, मुक्तक तथा कबिता लगायतका साहित्य रचना वाचन गरेका थिए । एक बर्षमा दिवंगत संगमका सदस्यहरुको परिवारजन प्रति समबेदना व्यक्त गरेका थिए ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो