लन्डन । बेलायतवासी एकजना नेपाली समाजसेवी एवं व्यवसायी फत्त थापा सिभिक अवार्ड २०१५ बाट सम्मानित भएका छन् । रोयल बरो अफ ग्रीनवीचले शुक्रवार टाउन हल उलवीचमा एक समारोहबीच थापालाई उक्त सम्मान प्रदान गरेको हो ।
थापालाई उक्त बरोमा रहेर सामाजिक, आर्थिक तथा सार्वजनिक स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरे वापत ‘आउटस्ट्यााण्डिंग कन्ट्रिब्यूसन टु कम्युनिटी’ क्याटगोरिजको अवार्ड प्रदान गरिएको हो ।
मेयर मिक हेज र क्याविनेट लिडर डिनिस हाइल्याण्डले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए । काउन्सिल चिफ एक्जुकेटिभले सञ्चालन गरेको अवार्ड कार्यक्रममा सयौं उपस्थित थिए ।
अवार्ड पाएपछि थापाले प्रसन्नता व्यक्त गरेका छन् । ‘मेरो सामाजिक कामको मुल्यांकन भएकामा खुशी लागेको छ’, थापाले वीनेपालीसंग भने, ‘नेपाली समुदायका साथै अन्य वृहत समुदायलाई सेवा गर्न पाउंदा आत्मसन्तुष्टि मिल्ने रहेछ ।’ समुदायका लागि अझ समर्पित रहने उनको अठोट छ ।
स्किल्स् एण्ड केयर नामक च्यारिटी संस्थाका सिइयो थापा २० वर्ष यता लन्डनमा छन् । थापा आवद्ध स्किल्स् एण्ड केयर संस्थाले बेलायतमा जन्मे हुर्केका वालवालिकालाई नेपाली भाषा कक्षा सञ्चालन, नेपाली वृद्धवृद्धालाई स्थानीय समुदायसंग समायोजन, नेपाली कला संस्कृति संरक्षण आदि क्षेत्रमा काम गरिरहेको छ जसमा गायक विवेक श्रेष्ठ समेत सक्रिय छन् । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार समेत रहेका थापा एक सफल व्यवसायी पनि हुन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]