लन्डन । प्रवासी नेपाली मञ्च यूकेको आज शनिवार सांझ हुन गइरहेको १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमकी प्रमुख अतिथी रामकुमारी झांक्री लन्डन आउन असमर्थ भएकी छिन् । धावनमार्ग नजिकै दुर्घटनाग्रस्त टर्किस् एयरलाइन्सको जहाज सार्न नसक्दा गत बुधवार देखि अवरुद्ध देशको एकमात्र अन्त र्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान नभएपछि नेतृ झांक्री बेलायत आउन नसकेकी हुन् । यसका कारण विश्वभरबाट नेपाल जान वा आउन लागेका हजारौं यात्रु स्वदेश र देश बाहिर विमानस्थलमा अलपत्र छन् ।
‘आफ्नो काबुभन्दा बाहिरको परिस्थितिका कारण म आउन सकिन’, झांक्रीले फेसबुकमार्फत भनेकी छिन्, ‘७ मार्चको कार्यक्रम भेट्ने गरि ५ मार्चको बिहानको, तुलनात्मक रूपमा छोटो ट्रान्जिट भएको कतार एयरवेजबाट लन्डन आउने गरि टिकट लिएं । प्रतिक्षा गरेर बसिरहे भोली बिहान खुल्छ, भरे चार बजे खुल्छ जस्ता सिभिल एभिएसनको विज्ञप्तिको भर परि वैकल्पिक उपायको खोजी समयमा गर्न सकिन । जब दिल्ली हुंदै जान नेपालको आन्तरिक विमानस्थलबाट भारतको कुनै डोमेस्टिक एयरपोर्ट पुग्ने विचार गरि रूटको खोजी गरें समय ढिलो भइसकेको थियो ।’
झांक्रीले आफ्नो कारणले कार्यक्रममा पर्न गएको असुविधाप्रति क्षमा मागेकी छिन् । उनी उपस्थित हुन नसकेपनि कन्नट स्कुल अल्डरसटमा कार्यक्रम यथावत हुने आयोजकले जनाएका छन् । आयोजक प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाले अकल्पनीय अप्ठ्याराका बाबजुद पनि नारी दिवस भव्य रुपमा सम्पन्न हुने जनाए । ‘सास रहेसम्म आश हुन्छ भनेझैं केही समय कार्यक्रम सार्दा लामो समय र वहुप्रचारित बिषयले सार्थकता पाइन्छ कि भनि कार्यक्रम थोरै ढिला गरि अपरान्ह ५ बजे शुरु गर्दैछौं’, सिम्खडाले जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार