बेलायत सरकारका मन्त्रीहरुलाई यसबारेमा स्वास्थ्य राज्यमन्त्री हेलेन ह्वेटलीले जानकारी गराएको बताइएको छ ।
यस्तै फरक घरका बासिन्दाहरुलाई पब तथा रेस्टुरेन्टहरुमा पनि घुलमिल हुन प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
सरकार र स्थानीय नेतृत्वबीच कोरोना भाइरसको संक्रमण फैलन नदिन अझै कडा नियन्त्रणका उपायहरु धेरै क्षेत्रमा विस्तार गर्नेबारे छलफल जारी छ ।
लण्डनका मेयर सादिक खानले कसैले पनि कडा नियन्त्रणका उपायहरु नचाहेको तर लण्डनबासीलाई सुरक्षित राख्न यो कार्य आवश्यक रहेको बताएका छन् ।
सरकारले यसैसाता कोरोना संक्रमणको अवस्था हेरी सतर्कताका तीन चरण घोषणा गरेको थियो । जसमा अति उच्च, उच्च र मध्यम तह छन् । अति उच्च तहमा लिभरपुल क्षेत्र परेको छ भने ग्रेटर म्यानचेष्टर र ल्यांकासायर पनि आज पर्नसक्ने छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह