लण्डन । आजदेखि इङल्याण्डमा पव, बार, रेस्टुरेन्ट, क्याफेहरु राति १० बजेदेखि बन्द गर्नुपर्ने भएको छ ।
सरकारले कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि ती व्यवसायहरु चाँडो बन्द गर्ने निर्णय गरेको हो । टेकवेहरु भने सो १० बजेपछि पनि खुल्नसक्ने छन् । ती व्यवसायले बढीमा छ जनासम्मलाई सेवा दिनसक्ने छन् । समूहलाई भने सेवा दिन मनाही गरिएको छ ।
ती व्यवसायहरुले ग्राहकको सम्पर्क नम्बर अनिवार्य रुपमा राख्नुपर्नेछ । यदि कुनै ग्राहकमा कोरोना संक्रमण देखिएमा ट्रयासिङ गर्नका लागि सजिलो होस् भनेर यसो गरिएको हो । यदि सम्पर्कको अभिलेख दुरुस्त नराखेमा, सामाजिक दुरी कायम नगरेमा वा छ जनाभन्दा बढीलाई समूहमा सेवा गरेको पाइएमा १० हजार पाउण्डसम्म जरिवाना तोकिएको छ ।
यस्ता व्यवसायहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाएको पाइएमा २०० पाउण्डसम्म जरिवाना हुनसक्ने छ ।
उता वेल्समा भने राति १० बजे पव, रेस्टुरेन्ट र बारहरु बन्द भइसक्नुपर्नेछ । सुपरमार्केट र अफलाइसेन्सहरुले पनि १० बजेपछि मदिरा बिक्री गर्न पाउने छैनन । उता स्कटल्याण्डमा भने शुक्रबार राति १० देखि कर्फ्यू लागू हुनेछ ।
रेस्टुरेन्टभित्र २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने आधिकारिक व्यवस्था भए पनि इङल्याण्डमा भने १ मिटर प्लसलाई पनि मान्यता दिइएको छ । यस्तो अवस्थामा आमनेसामने नबस्ने वा मास्क लगाउनुपर्नेछ ।
यस्ता व्यवसायहरुले बुकिङ गर्दा एक समूहको एक जनाको नाम सम्पर्क नम्बर र कति समयसम्म रेस्टुरेन्टमा बिताउने हो सोको रेकर्ड राख्नपर्नेछ । यस्तो रेकर्ड २१ दिनसम्म राख्नुपर्नेछ ।
यदि कुनै ग्राहकलाई कोरोना पोजिटिभ देखिएमा एनएचएस टेष्ट एण्ड ट्रयासले सम्बन्धित व्यवसायका कर्मचारीहरुलाई कोरोना टेष्ट गर्न आग्रह गर्न सक्नेछन् । सामाजिक दुरी कायममा ध्यान दिन वा आइसोलेसनमा बस्न सुझाव दिन सक्नेछन् । तर व्यवसाय नै बन्द गराउन भने स्थानीय स्वास्थ्य संरक्षण अधिकारी मात्र सक्नेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो