लण्डन । नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन ।
शुरुवाती अनुसन्धानले उनको मृत्यु के कारणबाट भयो अझै निर्क्यौल हुन नसकेको आज भएको भर्चुअल सुनुवाईमा बताइएको छ ।
मे ६ तारिखका दिन घरबाट दौड्न निस्केका मोरिसको शव महिनौँपछि गत अगष्ट ३१ तारिखका दिन भेटिएको थियो ।
महिनौँको बृहत खोजीमा पनि फेला पर्न नसकेको मोरिसको शव एक सर्वसाधारणले उनको घरभन्दा तीन माइलको दुरीमा फेला पारेका थिए ।
उनको शवको पोष्टमोर्टम गरिए पनि उनको मृत्युको चिकित्सकीय कारण ‘अज्ञात’ रहेको बताइएको ह्याम्पसायरका वरिष्ठ कोरोनर क्रिष्टोफर विल्किन्सनले जानकारी दिए ।
उनले कन्सल्ट्यान्ट फरेन्सिक पाथोलोजिष्ट डा. रसेल डेलानीले मोरिस शवको पोष्टमार्टम गरेको र ‘वर्तमान अवस्थामा मृत्युको कारण बताउन नसकिने’ जानकारी दिएको बताए ।
थप प्रमाणहरुका साथ मोरिसको मृत्युको कारणहरुको पूर्ण समीक्षा २३ जुन २०२१ मा हुने बताइएको छ ।
विन्चेष्टर कोरोनर्स कोर्टमा भएको सुनुवाईमा कोरोनर विल्किन्सनले रिचर्ड मोरिसको ठानिएको शव एलिस हल्ट जंगलमा अगष्ट ३१ मा भेटिएको र डीएनए परीक्षणपश्चात ओैपचारिकरुपमा पहिचान भएको बताए । प्रहरीले उनको केस सेप्टेम्बर १ मा कोरोनरलाई हस्तान्तरण गरेकाे थियो भने कोरोनरले १४ सेप्टेम्बरमा डीएनए परीक्षण गरेकाे थियो । सेप्टेम्बर १६ मा भेटिएको शव मोरिसको भएको ओैपचारिक पुष्टी भएको थियो ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदुत रहेका थिए । उनको अर्को पोष्टिङ फिजीमा भएको थियो ।
बेलायतको कुटनीतिक सेवामा ३० वर्षभन्दा बढी समय बिताएका उनले कैयाैँ उच्च अनुभव सम्हालेका थिए ।
प्रहरीले उनको मृत्युलाई सन्देहास्पदरुपमा नलिएको बताएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ