लन्डन । सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिक टंक वनेमले ‘श्लेष्मान्तकको साम्माङ्’ नामक कथाकृति बजारमा ल्याएका छन् । वनेमको पछिल्लो कृति ‘श्लेष्मान्तकको साम्माङ्’ गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी कार्इंलाले लोकार्पण गरेका हुन् ।
कवि तथा कथाकार वनेमका यसअघि ‘सांघुरी र बूढासुब्बा’, ‘भूल गर्ने जोडी आंखा’ र ‘संगीनको मूच्र्छना’ नामक तीन कविताकृति प्रकाशित भइसकेका छन् ।
कृति लोकार्पणपछि मन्तव्य व्यक्त गर्दै काईंलाले भने, ‘टंक वनेम कवितामा जत्तिकै कथामा पनि सशक्त देखिएका छन् । उनमा जातीय मिथक र सांस्कृतिक सम्पदालाई प्रभावशाली रुपमा प्रयोग गरेर रचनालाई पठनीय बनाउने खुबी पाइन्छ ।’
नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको कार्यक्रममा प्राज्ञ मातृका पोखे्रल, राजकुमार दिक्पाल, अमर तुम्याहाङलगायतले विमोचित कृतिमाथि बोल्दै वनेमका कथाहरू सबै कोणबाट अब्बल रहेको टिप्पणी गरे । कथाकार वनमेले पनि कार्यक्रममा आफ्नो लेखनकर्मबारे बोलेका थिए । कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, कवि विक्रम सुब्बा, समाजसेवी मकरध्वज वनेमलगायतको उपस्थिति थियो ।
ताप्लेजुङको ढुंगेसांघु–८ मैवाखोला स्थायी निवासी वनेम हाल बेलायतको वेष्टमिडल्यान्डमा बस्छन् । कयौं साहित्यिक संघसंस्थामा समेत आवद्ध उनी आफ्नो कृति विमोचन गर्नैका लागि नेपाल गएका हुन् । उनको पछिल्लो कृति ‘श्लेष्मान्तकको साम्माङ्’ भित्र राजनीति, समाज, प्रेम, द्वन्द्व, अपराध, जातीय मिथक तथा संंस्कृतिमा आधारित २१ वटा कथा समाविष्ट छन् ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रकाशन गरेको उक्त कृतिको मूल्य दुई सय रुपैंया छ । नेपालमा भने पुस्तकलाई ब्रदर बुक्स् पब्लिकेसनले वितरण गरेको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]