लण्डन । नखिपोट ब्याडमिण्टन संघ युकेको वार्षिक भेला सम्पन्न भएको छ ।
वार्षिक भेलाको पहिलो सत्रमा फार्नब्रोस्थित लिजर सेन्टरमा मैत्रीपूर्ण ब्याडमिण्टन खेल खेलाइएको थियो । खेलमा करिब ४० जना सहभागी थिए ।
कार्यक्रमको दोस्रो चरणमा अल्डरसटस्थित मालिंगो रेष्टुरेन्टमा संघका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा अौपचारिक कार्यक्रम भएको थियो । सचिव निर्मला थापाले सन्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि नखिपोट ब्याडमिण्टन संघ नेपालका अध्यक्ष क्याप्टेन रिटायर्ड जगतराम राई थिए ।
संघ संस्थापक सल्लाहकार नारायण काेन्मे गुरुङले स्वागत मन्तब्य दिएका थिए भने प्रमुख अतिथि राई र सल्लाहकार कृष्ण गुरुंगले पनि मन्तब्य दिएका थिए ।
कार्यक्रममा संघका सदस्यहरु कमला लिम्बु, मेजर देउमान लिम्बु र पम्फा सुनुवारको असामयिक देहावसान भएकोमा एक मिनेट मौनधारण गरिएको थियो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]