
लन्डन । कुटपिटमा संलग्न रहेको अभियोगमा बेलायतको एउटा अदालतले तीन नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । करिब वर्ष दिन अघि क्रिसमस पार्टी सकेर फर्कने क्रममा ती नेपाली विद्यार्थी कुटपिटमा संलग्न रहेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।
ब्ल्याकफेयर्स क्राउन कोर्टले गत १८ फेबु्रअरीका दिन काठमाण्डौं निवासी शाक्य (नाम नखुलाइएको) लाई सात वर्ष, गिरीलाई ५ वर्ष र थापालाई दुई वर्षको जेल सजाय सुनाएको हो । घट्ना हुंदा थापा १८ वर्ष मुनी (योङ अफेण्डर्स) भएकाले उनले कम सजाय पाएका छन् । अदालतले तीनै जनाको सजायमा आधा कटौती गरिदिएको छ ।
बेलायतका एकजना सोलिसिटर राजु थापाका अनुसार, पहिलो अभियोग, व्यक्तिगत चरित्र, अदालतमा प्रारम्भिक अवस्थामै आफू दोषी रहेको स्वीकारेको अवस्था र सवुत प्रमाणका आधारमा अदालतले स्वविवेकीय अधिकार प्रयोग गरि अभियुक्तहरुलाई सजाय मिनाहा गर्न सक्ने कानुनी प्रावधान छ ।
घट्नामा संलग्न एक विद्यार्थीले भने सफाइ पाएका छन् ।
लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जेल परेका नेपालीबारे विदेश मन्त्रालयबाट हालसम्म केही जानकारी नआएको बताए । सामान्यतया यस प्रकृतिको घट्नामा बेलायत सरकारले नेपाली दूतावासलाई जानकारी गराउने प्रावधान छ ।
घट्ना अनुसार, सेन्ट्रल लन्डनस्थित टोटेनहामकोर्ट रोडमा चालु एक जापानीज रेष्टुरेन्टमा कार्यरत नेपालीहरु कामपछि त्यहीं क्रिसमस पार्टी गरेर घर फर्कंदै थिए । त्यही क्रममा एक अपरिचित व्यक्तिले नेपाली छात्राको ह्याण्ड ब्याग लुटेपछि नेपालीको समूहले त्यो ‘चोर’ लखेट्दै पिट्न थालेको र एक विदेशी युवतीले तिनलाई छुट्याउन खोज्दा युवतीलाई नै पिटेको अभियोगमा प्रहरीले पक्राउ गरि विद्यार्थीमाथि मुद्दा दायर गरेको थियो ।
समातिएका मध्ये एकजना भोलिपल्ट र तीन विद्यार्थी साता दिन पछि धरौटीमा रिहा भएका थिए । हाइवरी कोर्टले जनही दुई हजार पाउण्ड (करिब साढें तीन लाख रुपैयां) तिरेपछि ति चार जनालाई धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा भएपछि विद्यार्थीलाई सांझ ६ देखि विहान ६ बजेसम्म कतै हिंड्डुल गर्न बन्देज थियो भने उनीहरुलाई विद्युतीय ट्याग लगाइएको थियो ।
लहैलहै र नसाको सुरमा आक्रमक बन्दा आइलागेको कानुनी झमेलाले अभिभावकमात्र होइन, समस्त नेपाली समुदायलाई चिन्तित तुल्याएको छ । बेलायतको कानुनले ‘चोर’ होस् वा सर्वसाधारण, हातपात गर्न छुट नदिने सन्देश समेत घट्नाले दिएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई