
लन्डन । कुटपिटमा संलग्न रहेको अभियोगमा बेलायतको एउटा अदालतले तीन नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । करिब वर्ष दिन अघि क्रिसमस पार्टी सकेर फर्कने क्रममा ती नेपाली विद्यार्थी कुटपिटमा संलग्न रहेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।
ब्ल्याकफेयर्स क्राउन कोर्टले गत १८ फेबु्रअरीका दिन काठमाण्डौं निवासी शाक्य (नाम नखुलाइएको) लाई सात वर्ष, गिरीलाई ५ वर्ष र थापालाई दुई वर्षको जेल सजाय सुनाएको हो । घट्ना हुंदा थापा १८ वर्ष मुनी (योङ अफेण्डर्स) भएकाले उनले कम सजाय पाएका छन् । अदालतले तीनै जनाको सजायमा आधा कटौती गरिदिएको छ ।
बेलायतका एकजना सोलिसिटर राजु थापाका अनुसार, पहिलो अभियोग, व्यक्तिगत चरित्र, अदालतमा प्रारम्भिक अवस्थामै आफू दोषी रहेको स्वीकारेको अवस्था र सवुत प्रमाणका आधारमा अदालतले स्वविवेकीय अधिकार प्रयोग गरि अभियुक्तहरुलाई सजाय मिनाहा गर्न सक्ने कानुनी प्रावधान छ ।
घट्नामा संलग्न एक विद्यार्थीले भने सफाइ पाएका छन् ।
लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जेल परेका नेपालीबारे विदेश मन्त्रालयबाट हालसम्म केही जानकारी नआएको बताए । सामान्यतया यस प्रकृतिको घट्नामा बेलायत सरकारले नेपाली दूतावासलाई जानकारी गराउने प्रावधान छ ।
घट्ना अनुसार, सेन्ट्रल लन्डनस्थित टोटेनहामकोर्ट रोडमा चालु एक जापानीज रेष्टुरेन्टमा कार्यरत नेपालीहरु कामपछि त्यहीं क्रिसमस पार्टी गरेर घर फर्कंदै थिए । त्यही क्रममा एक अपरिचित व्यक्तिले नेपाली छात्राको ह्याण्ड ब्याग लुटेपछि नेपालीको समूहले त्यो ‘चोर’ लखेट्दै पिट्न थालेको र एक विदेशी युवतीले तिनलाई छुट्याउन खोज्दा युवतीलाई नै पिटेको अभियोगमा प्रहरीले पक्राउ गरि विद्यार्थीमाथि मुद्दा दायर गरेको थियो ।
समातिएका मध्ये एकजना भोलिपल्ट र तीन विद्यार्थी साता दिन पछि धरौटीमा रिहा भएका थिए । हाइवरी कोर्टले जनही दुई हजार पाउण्ड (करिब साढें तीन लाख रुपैयां) तिरेपछि ति चार जनालाई धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा भएपछि विद्यार्थीलाई सांझ ६ देखि विहान ६ बजेसम्म कतै हिंड्डुल गर्न बन्देज थियो भने उनीहरुलाई विद्युतीय ट्याग लगाइएको थियो ।
लहैलहै र नसाको सुरमा आक्रमक बन्दा आइलागेको कानुनी झमेलाले अभिभावकमात्र होइन, समस्त नेपाली समुदायलाई चिन्तित तुल्याएको छ । बेलायतको कानुनले ‘चोर’ होस् वा सर्वसाधारण, हातपात गर्न छुट नदिने सन्देश समेत घट्नाले दिएको छ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त