मुम्बई । मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ ।
ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ ।
तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बइबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सो समाचारअनुसार ती होटलहरुले भने कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सक्दो मात्रामा सतर्कता अपनाएको बताएका छन् ।
यसअघि महाराष्ट्र सरकारले यहाँका होटलहरु सञ्चालन गर्न दिएको थिएन । महाराष्ट्र भारतमा सबैभन्दा बढी मात्रामा कोरोना भाइरसको संक्रमण हुने राज्यका रुपमा पर्दछ । होटलको क्षमता अनुसारका पाहुनाहरु राख्न र सेवा गर्न पनि पाइने छैन । ती होटलहरु खुल्नु अगाडि पनि राम्रो सँग सफा गर्ने र स्यानिटाइजर प्रयोग गरेर संक्रमण हुन नदिने अवस्थामा ल्याइएको बताइएको छ ।
एउटै होटलमा कतै पाहुनालाई सेवा दिने र कतै क्वारेन्टाइन बनाइ राख्ने गर्दा झनै संक्रमणको खतरा हुने भएकोले यी दुई क्षेत्रलाई अलग अलग गरेर राखिएको बताइएको छ । मुम्बई भारतको आर्थिक राजधानीका रुपमा पनि चिनिन्छ । यहाँ पर्यटन व्यवसायका ठूला संरचनाहरु रहेका बताइन्छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा मात्र दुई लाख १७ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको देखिएको छ । ती मध्ये १ लाखभन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् भने करिब ९० हजार अझै पनि संक्रमित रहेका छन् । यो राज्यमा मात्र कोरोनाको संक्रमणबाट ९ हजार २५० जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते