भोजपुर । भोजपुरका दुई भूतपूर्व बेलायती सेना कृषिमा उदाहरणीय पात्र बनेका छन् । आफूले आर्जन गरेको धन र सीपलाई अवकाशपछि आफ्नै ठाउँमा लगानी गरेर उनीहरु व्यावसायिक कृषि पेशामा आबद्ध भएका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–२ सिरदली र वडा नं ३ मेसपाङका उनीहरुले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् । सिरदलीका सूर्यप्रसाद राईको अम्वा बाख्रापालन फर्ममा १५० बढी बाख्रा छन् । उहाँले अवकाश पाएपछि २०५७ सालबाट बाख्रा पाल्दै आउनुभएको हो । फर्ममा उहाँसहित अन्य दुई जनाले काम गर्दै आएका छन् ।
करिव १२ रोपनी बढी क्षेत्रफल रहेको सो फर्ममा अहिले, बोयर, स्थानीय खरीजातका बाख्रा रहेका छन् । बेलायतको नागरिकतासमेत त्यागेर बाख्रापालनमा लागेको व्यवसायी राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अवकाश पछिको समयलाई आफ्नै माटोमा लगाएर राज्यलाई केही टेवा दिने लक्ष्यले व्यवसाय गरिरहेका छु, हुन त मलाई पेन्सनले पनि राम्ररी खान पुग्छ, तर पनि केही उदाहरणीय काम गरौँ भन्ने मेरो लक्ष्य छ, अहिले पनि व्यवसायबाट राम्रै आम्दानी भइरहेको छ ।”
त्यस्तै अर्का स्थानीय गोपालचन्द्र राईले पनि अवकाश पाएपछि कृषि व्यवसाय गर्दै आउनुभएको छ । उहाँले आफ्नै बारीमा सुन्तला, कागती, एभोकाडो अलैँची लगाउनुभएको छ । यसका साथै बाख्रापालन पनि गरिरहनुभएको छ । सेनाको जागीरको अवधि सकिएपछि विभिन्न ठाउँमा गएर व्यावसायिक रुपमा सञ्चालन भएका कृषि फर्ममा अध्ययन गरेर व्यवसायमा लागेको उहाँको भनाइ छ । आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भए पनि समाजका मानिसलाई केहि ज्ञान दिनको लागि कृषि कर्म गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले काठमाडौँ चितवनलगायत ठाउँबाट विभिन्न जातका खुकुरा ल्याएरसमेत पालेको सुनाउनुभयो । व्यवसाय सञ्चालन गर्न आर्थिकरुपमा समस्या नभए पनि प्राविधिक ज्ञानको भने खाँचो रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जागीर खाने लक्ष्यले बेलायती सेनामा भर्ती भइयो, अब भने आफ्नै देशको सेवा गर्ने लक्ष्यका साथ युवालाई हौसला दिनको लागि व्यावसायिक रुपमा कृषिमा लागेको छु ।”
टेम्केमैयुङ गाउँपालिकाले उनीहरुको कामलाई निकै प्रशंसनीय रहेको र थप ऊर्जा दिनको लागि उन्नत जातको बोका ल्याइदिनेसँगै प्राविधिक सहयोग गर्दै आएको बताएको छ । उनीहरुले गरेको कामलाई नमूना मानेर अन्य कृषकलाई पनि कृषिमा प्रोत्साहन गर्न टेवा मिलेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले भन्नुभयो, “उहाँहरु दुई जनाले कृषिको क्षेत्रमा गरेको काम निकै प्रशंसा गर्न लायक छ, उहाँहरुले गरेको कामलाई आधार मानेर अन्य कृषकलाई कृषि क्षेत्रमा व्यावसायिक रुपमा लाग्न टेवा पुगेको छ ।”
धेरै स्थानीय युवामा विदेशप्रतिको मोह बढिरहेको बेला यी दुईले गरेको काम स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । अधिकांश मानिस पैसा कमाएपछि शहरको सुविधायुक्त ठाउँमा गएर बस्ने गरेको भए पनि उहाँहरुले आफ्नै ठाउँमा लगानी गरेर कृषिमा लागेकाले गाउँपालिकाले उच्चसमान गर्ने उपाध्यक्ष राईले बताउनुभयो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ