रासस । सर्वोच्च अदालतले कोभिड–१९ का विषयमा दिएका आदेश कार्यान्वयनका विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हको एकल इजलासले आज महामारीका समयमा अदालतबाट जारी गरेको आदेश के कति कार्यान्वयन भएका बारेमा आफैँ वा कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
“उपरोक्त सम्बन्धमा सात वटा अन्तरिम आदेश पालना कसरी गरिएको छ, ती आदेशको पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिएको हो वा होइन रु त्यस सम्बन्धमा के कस्तो भएको हो”, आदेशमा भनिएको छ, “निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने रु आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र आफँै उपस्थित भई वा कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु ।”
सर्वोच्च अदालतले महामारीसम्बन्धी जारी गरेको अन्तरिम आदेश कार्यान्वयनमा ढिलाइ गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो । सर्वोच्च अदालतले महामारीका विषयमा विभिन्न सातवटा अन्तरिम आदेश जारी गरेको थियो । सो आदेश कार्यान्वयनका विषयमा चासो राख्दै अदालतले मङ्गलबार सम्बन्धित निकायसँग छलफल समेत गरेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते