युएई । कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने शिलशिलामा हिमालयन एयरलाइन्सले आइतबार पहिलो उडान भरेको छ । उडान नम्बर एच नाइन ५६७२ बाट १ सय ५१ जना नेपाली आइतबार स्वदेश फर्किएका हुन् ।
नेपाल फर्कने सबैको कोरोना परिक्षण विमानस्थलमा नै नि:शुल्क गरिएको थियो । नेपाल फर्किनेहरुमा महिला, आफन्त गुमाएका, बिरामी, भिजिट भिषामा आएका र जेष्ठ नागरिक रहेको दुतावासले जानकारि दिएको छ । युएईको अबुधाबिमा एक राज्यबाट अर्को राज्यमा जान यात्रा प्रतिबन्ध रहेको कारण बिमानस्थलसम्म पुग्न दुबईबाट फिस्टेल ट्राभल्सले यातायातको व्यवस्था मिलाएको थियो ।
हिमालय एयरलाइन्सको दोस्रो र तेस्रो उडान आगामी जुन २४ र २५ मा अबुधाबी बाटै हुने एयरलाइन्सले जनाएको छ । नेपाल फर्कने नेपालीहरुको सहजीकरणका लागि युएईका लागि नेपाली दुतावासकी श्रम काउन्सिलर निर्मला थापा, श्रम सहचारी मोतिराम भुसाल, जनसंपर्क अधीकृत इरफान आलम र सहदेब गिरि विमानस्थल पुगेका थिए।
यसैगरी अबुधाबिमा समस्यामा परेका नेपालिहरुलाई राहत वितरणमा खटदै आएको समुहका सदस्यहरु समेत विदाई एवं सहजीकरणका लागि विमानस्थलमा पुगेका थिए । शनिबार मात्रै सारजाहबाट एयर अरबियाको उडान नम्बर जी ९-१७५१ बाट १ सय ६८ जना नेपाल फर्किएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते