लण्डन । जीवन योग प्रयोगशाला प्लमस्टेडले आगामी २१ जुन आइतबार सेक्रेट्स स्प्रिचुयल ट्रान्सफरमेसन बिषयमा एक प्रवचन कार्यक्रम गर्ने भएको छ । छैटौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जीवन योग प्रयोगशालाले नेपालमा रहनु भएका जीवन विकास विशेषज्ञ एल पि भानु शर्माबाट योग प्रवचन गर्न लागेको हो ।
बेलायतस्थित प्रशिक्षक सरिता शर्माकाअनुसार आइतबार जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ शर्माले मावन जीवनमा योगको महत्व बारेमा भिडियो मार्फत प्रवचन दिन कार्यक्रम तय भएको छ । बेलायतको समयअनुसार १०:४५ बजे विहान प्रवचन कार्यक्रम तय गरिएको छ ।योग साधनामा इच्छुक सबैलाई आगामी २१ मा गरिने ‘जुम’ विशेष कार्यक्रममा निमन्त्रणा उनले गरेकी छिन । विशेष कार्यक्रमको ‘जुम’ मिटिङद्वारा सबैलाई जोडने प्रशिक्षक शर्माले जानकारी दिइन । यसबारेमा विस्तृत विवरण चाहनेले फेसवुक मार्फत जोडिन उनले यूकेवासी नेपालीलाई अनुरोध समेत गरेकी छिन । सो योग प्रवचनका फेसवुक लाइभ पनि गरिने छ ।
जीवन विज्ञान अन्तर्गत रहेको जीवन योग प्रयोगशाला हरेक दिन विहान लण्डनमा संचालन भैरहेको प्रशिक्षक शर्माले बताएकी छन । गत फ्रेवुअरीमा साउथ इस्ट लण्डनको प्लमस्टेडबाट सुरु भएको जीवन योग प्रयोगशाला ‘जुम’ अनलाईन मार्फत दैनिक संचालन भैरहेको छ । योग प्रयोगशालामा झण्डै ५० जना योग प्रशिक्षणका लागि जोडिने गरेको प्रशिक्षक शर्माले बताइन।
‘हामीले कोरोना संक्रमणको महामारीको निराशजनक अवस्थामा नेपालीहरुलाई स्वास्थ बनाउन र उनीहरुलाई चिन्ताबाट मुक्त गराउन जीवन योग प्रयोगशाला मार्फत योगामा जोडिरहेका छौं,’ प्रशिक्षक शर्माले भनिन्, ‘बेलायतवासी नेपालीलाई यसबारेमा बढी भन्दा बढी ज्ञान बाड्ने योजना छ ।त्यसका लागि जीवन योगको फेसवुक पेज वा मलाई फेसवुकमा म्यासेज गर्नुहोस ।’ उनले निःशुल्क योग प्रयोगशाला चलाइको बताइन । अहिले हरेक विहान साढे ६ बजे नियमित रुपमा जीवन योग सिकाइ रहेकी छिन । ‘बढी भन्दा बढी व्यक्तिहरुले योगका बारेमा जानकारी पाउँन र योग मार्फत स्वास्थ रहुन भन्ने मेरो चाहाना छु,’ प्रशिक्षक शर्माले भनिन् ।
आइतबारको प्रवचनमा सहभागी हुन तलको लिंक मार्फत म्यासेज गर्न आग्रह शर्माले गरेकी छिन :
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित