नेपालमा कोरोनाबाट १५ को मृत्यु, ४ हजार सङ्क्रमित

corona

काठमाडौँ । नेपालमा कोभिड–१९ बाट आज एक जनाको मृत्यु भएको छ ।

भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए ।

उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।

उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

यसैगरी, आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३२३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा डा जागेश्वर गौतमले बताए । सङ्क्रमित देखिएका पुरुष २९२ जना र महिला ३१ जना रहेका छन् ।

योसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार ७९८ र महिला २८७ जना रहेका छन् । उहाँका अनुसार सङ्क्रमित जिल्ला ७२ पुगेको छ । आज इलाममा सङ्क्रमित भेटिएको हो ।

यस्तै, कोरोना  ९६ जना कोरोनामुक्त भई एकैपटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र आठ जना महिला रहेका छन् । हालसम्म ८८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र छ जना महिला रहेका छन् । यस्तै सशस्त्र प्रहरीको काठमाडौँ वलम्बुस्थित कोभिड अस्पतालबाट एक जना महिला डिस्चार्ज हुनुभएको छ । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेशनबाट २२ जना पुरुष र राप्ती सोनारीबाट सात जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँकेका हुन् । यसैगरी दाङस्थित कोभिड विशेष अस्पतालबाट कोभिड–१९ अस्पतालबाट बर्दियाका चार जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापा २८ जना पुरुष र दैलेख जिल्ला अस्पतालबाट एक जना महिला डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री