काडमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले बिश्वभरका कोभिड-१९ संक्रमणबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली बिद्यार्थीहरुको तथ्यांक संकलन कार्य सुरु गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको आईसीसी बैठकले उक्त निर्णय गरेको हो।
यस कार्यको पहिलो चरणमा नेपाली बिद्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको संघका उपाध्यक्ष मन केसीले जानकारी दिए । उनकाअनुसार उक्त सर्वेक्षण संघका एनसीसीहरु मार्फत गरिने योजना रहेको छ।
सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनुपर्ने नभई बस्तुस्थिको जानकारी मात्र भर्नु पर्नेछ । तीन मिनटमा सकिने यो विश्वव्यापी सर्वेक्षण सक्दो मात्रामा बढी भन्दा बढी कोरोना प्रभावित बिद्यार्थीहरुले भाग लिए पछि अर्काे चरणको योजनालाई सघाउ पुग्नेछ।
यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय परिषदहरुबाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एवं बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरुसंगको समेत समन्वयका आधारमा चरणबद्ध रुपमा रिपोर्ट नेपाल सरकार एवं सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कार्यदलका संयोजक केसी ले जानकारी दिए ।
विदेशमा बिद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरि रहेका बिद्यार्थीहरुलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक