कोरोना भाइरसबाट विश्वभर ३ लाख ८८ हजार ४१ को मृत्यु भएको छ भने ६५ लाख ७३ हजार ५६८ संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यस रोग लागेका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् । हाल विश्वभर ३० लाख १४ हजार ९९४ संक्रमितहरु उपचाररत छन् ।
जसमध्ये ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्ल्यूएचओका अनुसार अमेरिकामा मात्र १९ लाख एक हजार ७८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख नाै हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस सङ्क्रमित छन् भने ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना सङ्क्रमित रहेकामा १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस सङ्क्रमित छन् भने १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जना कोरोना सङ्क्रमित छन् भने ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।
यसैगरी अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४ हजार ६२७ जनाको मृत्यु भएको छ । भारइसबाट सबैभन्दा कम प्रभावित ओसियानामा ८ हजार ८५० जनामा कोरोना भाइरस सङ्क्रमण रहेकोमा १२४ जनाको मात्र मृत्यु भएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा