लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको बाल चित्रकला प्रतियोगिताको समयावधि १० दिन थप गरेको छ । लकडाउनका बेला घरमै बसेका बालबालिकाहरुलाई चित्रकलाका माध्यमबाट जोडन एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगिताको समयावधि थप गरिएको उपाध्यक्ष नारायण कंडेलले बताएका हुन । ‘केही अभिभावकले समय थपिदिन आग्रह गरेपछि १० दिन बढाइएको छ’ एनआरएनए उपाध्यक्ष कंडेलले भने ।
आगामी १० जुन भित्र नेपालको झण्डासहितको एक चित्र र आफूलाई मन परेको अर्काे चित्र गरी २ चित्र अनिवार्य पठाउन अनुरोध गरिएको उपाध्यक्ष कंडेलले बताए । उनकाअनुसार पासपोर्ट साइजको फोटो, दुई चित्र, अध्ययनरत कक्षा र विद्यालयको नाम तथा ठेगाना अनिवार्य पठाउनु पर्नेछ । सहभागीले आफू बसिरहेको ठेगानासमेत पठाउनु पर्नेछ ।
चित्रकला प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था समेत गरिएको उपाध्यक्ष कंडेलले बताए । उनले सवैका चित्रहरु समेटेर बुकलेट निकाल्ने योजना समेत रहेको जनाए । कोरोनाको महामारीबाट जोगाउदै बेलायतस्थित नेपाली बालबालिकालाई रचनात्मक कृया कलापमा सहभागी गराउने तथा कोरोना भाइरसको महामारीको प्रभाव कम गराउने एनआरएनए यूकेको अभियानमा सकृय सहभागी हुन उनले अनरोध समेत गरे ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा