काठमाडौं । नेपाली काँग्रेसले संसदमा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिए । बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको उनले जानकारी दिए ।
प्रमुख प्रतिपक्षको भूमिकाका रहेको काँग्रेसको यो निर्णयसँगै सरकारलाई संविधान संशोधनको विधेयकलाई संसदबाट पास गराउन बलियो आधार मिलेको छ । सरकारले यस विषयमा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नुपर्नेमा काँग्रेसले जोड दिएको छ । तर पार्टी जनुसुकै अवस्थामा पनि संविधान संंशोधनको पक्षमा उभिने निचोडमा काँग्रेस पुगेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
बैठकको प्रारम्भमा पार्टी सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भूभाग नेपालकै भएको उल्लेख गर्दै त्यसलाई विभिन्न प्रमाणले पुष्टी गरेको बताए । यस विषयमा सरकारले संसदमा ल्याएको विधेयकलाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै देउवाले सरकारले संविधान संशोधनको विषयमा यसअघि पार्टीसित आवश्यक समन्वय भने नभएको गुनासो गरे । ‘तर पनि हामी संविधान संशोधनको पक्षमा उभिनुपर्छ’ भन्ने विचार बैठकमा सभापति देउवाले व्यक्त गर्नुभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
बैठकमा संविधान संशोधनका विषयमा खुलेर धारणा राख्न केन्द्रीय सदस्यहरुलाई देउवाले आह्वान गरे ।
त्यसपछि पार्टीका दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले यस विषयमा आ आफना धारणा प्रस्तुत गरे। पार्टीले यस अघिको पदाधिकारीको बैठकले संविधान संशोधनको पक्षमा उभिने भन्दै यस विषयको अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो । गोरखापत्र अनलाइन
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ