मध्यपूर्व । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा छलफल गरेको छ। शनिवार मध्यपूर्ब द्वारा आयोजित भर्चुअल बैठकमा कतारका लागि महामहिम राजदुत नारद भारद्वज, ओमानका लागि महामहिम राजदूत शर्मिला पराजुली र सांसद गंगालाल तुलाधरसँग एनआएनए अध्यक्ष कुमार पन्तसहितका टिमसँग यहाँका नेपाली श्रमिकहरुको स्वास्थ्यस्थितिका बारेमा छलफल गरिएको हो ।
कार्यक्रममा एनआरएनए अध्यक्ष कुमार पन्तले नेपाल सरकारले छिट्टै नै अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने कार्य शुरु हुने जानकारी दिए । उनले मध्यपूर्बको एनआरएन टीमले खेलेको भूमिकाको प्रशंसा गरे । प्रबक्ता डिबी क्षेत्रीले नेपालीहरुलाई मनोबैज्ञानीक रुपमा काउन्सिलिङ गर्नु पर्नेमा जोड दिए । उनले एनआरएनएले सामाजिक संजाल मार्फत साताको दुई तीन कार्यक्रम गरी नेपालीहरुको मनोबल उच्च बनाउन परामर्श दिनुपर्ने सुझाब दिए । संघका सचिब राजेन्द्र कुमार शर्माले मध्यपूर्बका नेपालीहरुको जोखिमलाई सरकारले छिट्टै सम्बोधन गर्नु पर्ने जनाए ।
मध्यपूर्ब संयोजक प्रबीण गुरुङले नेपालीहरुको खाडीमा कार्यरत नेपालीहरुको अवस्थाबारे जानकारी गराए । यसैगरी सहसंयोजक मनोज गोर्खालीले मध्यपूर्बमा धेरै नेपालीहरुको शब अलपत्र परेको बारेमा जानकारी गराए । उनले स्वास्थ्य समितिले कोरोना पश्चात पनि निरन्तर रुपमा आफ्नो भूमिका निर्बाह गर्न अनुरोध गरे । साउदी अरबमा रहेकी आईसीसी सदस्य जस्मिन बेगम शैयदले नेपाली महिलाहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
स्वास्थ्य समितिका संयोजक डाक्टर सन्जिब सापकोटा, यूएई एनसीसीका प्रकाश कोईराला, कतार अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अध्यक्ष तेज बहादुर थापा, ओमान अध्यक्ष सेवन पुर्जा, बहराइन अध्यक्ष लक्ष्मी गिरी, कुवेत अध्यक्ष सुजन केसी र सहसंयोजक राजेन्द्र (जोन) अर्यालले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा बोलेका थिए ।
त्यसैगरी, मध्यपूर्बमा कार्यरत स्वास्थ्यकर्मीहरुले नेपालीहरुको अवस्थाको बारेमा अनुभबहरु साटेका थिए । मध्यपूर्ब स्वास्थ्य समितिका डा. नितेश आर्यालले अनलाइन काउन्सिलिङ गर्न बिभिन्न योजनाहरु प्रस्तुत गरे । यूएईमा कार्यरत डा. रबिन्द्र यादब, नर्स गंगा खनाल, डाक्टर रोशन पोखरेल, डा. पुरुष श्रेष्ठ, डा. राजेश पौडेल, डा. अनिरुद्द पाठकले आफ्नो आफ्नो धारणा राखे । समितिले बिभिन्न देशमा रहेका दुताबासमा हेल्थ काउन्सिलिङ हट लाइनको ब्यवस्था गरी निशुल्क परामर्श दिनुपर्नेमा जोड दिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?