काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ ।
कोरोना संक्रमणको सातौँ शिकार दैलेखको दुल्लु नगरपालिका वडा न ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका ३५ वर्षीय युवक बनेका छन् । जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका उनको शनिबार बिहान मृत्यु भएको थियो ।उनमा कोरोना पोजेटिभ देखिएको छ ।
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनको कोरोना परीक्षणका लागि स्वाब १५ गते नै संकलन गरिएको थियो ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको बताए ।
मृतक दुल्लु नगरपालिका वडा न ११ का युवक हुन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान