काठमाडौं । पछिल्लो समयमा गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए ।
संक्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् ।
पछिल्लो समयमा पोजिटिभ देखिनेमा कपिलवस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जना छन् । अहिलेसम्म ५३ जिल्लामा संक्रमण पुगेको छ ।
त्यसैगरी, कोरोना संक्रमणबाट निको भई थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या २१९ पुगेको छ ।
अहिलेसम्ममा प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना संक्रमित भएका छन् ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित